समानान्तर कमिटी बनाउने तयारीमा खनाल-नेपाल समूह

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय निर्णयपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने नेता रावलले बताए । उनका अनुसार ओली पक्षीय बैठकले गरेका निर्णयहरुमा असहमति जनाउँदै पार्टीका विभिन्न कमिटीमा मनोनीतको कामसमेत बैठकले गर्न सक्नेछ ।
यसअघि शुक्रबार साँझ बसेको खनाल-नेपाल समूहले स्थायी कमिटिले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको थियो ।
रावलले स्पष्ट नभने पनि ने खनाल-नेपालले ओलीविरुद्ध देशभरी समानान्तर कमिटीकाे अभ्यास गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस