नेकपा एमाले अछामको सचिवालय बैठक सम्पन्न

नेकपा एमाले जिल्ला सचिवालय अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा भएको बैठकले पार्टी केन्द्र र प्रदेशको निर्णय अनुसार मातहतका सम्पूर्ण कमिटीहरूलाई चलायमान बनाउने र आवश्यक परे पुनर्गठन गर्ने,जन वर्गीय सङ्गठनका भेलाहरू तत्काल गर्ने, वर्तमान राजनैतिक एवं समसामयिक विषयवस्तुमा आधारित रही प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने, आगामी वैशाख ३ गते जिल्ला कमिटीको बैठक आयोजना गर्ने र आवश्यक अन्य कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रदेश कमिटी सदस्य द्वय भरत साउद र बम बहादुर बि सी लगायतको सहभागिता रहेको नेकपा एमाले पार्टी कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस