Techie IT

लुम्बिनी प्रदेशमा जसपाबाट नवनियुक्त चार मन्त्रीद्वारा सपथ


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन प्रदेश सरकारमा चार नयाँ मन्त्रीहरु थपिएका छन् ।

थपिएका मन्त्रीहरु अबिश्वास दर्ता गर्नेमध्येको जनता समाजबादी पार्टींका नेताहरु हुनुहुन्छ । नयाँ मन्त्री थपिएसँगै यो प्रदेशमा म्ख्यमन्त्री पोखरेल नेतृत्वको सरकार सुरक्षित देखिएको छ ।

आज अबिश्वास दर्तासंगै नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका दुई मन्त्रीले राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले रिक्त स्थानमा नयाँ मन्त्रीहरुसंगै चार मन्त्रीहरु नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरुमा सन्तोष पाण्डेलाई भौतिक पूर्बाधार बिकास ,बिजय गुप्तालाई भूमि ब्यवस्था ,कृषि तथा सहकारी,कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक र सुमन रायमाझीलाई भौतिक पूर्बाधार बिकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहण गराउनुभयो ।

यसअघि आजै नेकपा माओबादी केन्द्रका तर्फबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिनु भएको थियो ।

आजै माओवादी केन्द्र,नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!