Techie IT

सुदूरपश्चिम र गण्डकीका प्रदेश प्रमुख हटाइए


सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

यसअघि गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस