प्रधानमन्त्रीले कोभिडबारे जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्दै

मुलुकभर कोभिड संक्रमणका विरामी तीव्ररुपले बढ्दै गएर महामारीको रुप लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि अग्रपङ्तिमा रहेर काम गरिरहनुभएका व्यक्तित्व तथा निजी क्षेत्रका सरोकारवाला पक्षसँग सामुहिक छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि छलफल तय गरिएको हो ।
सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि आफ्नो सबै ध्यान केन्द्रित गर्ने प्रधानमन्त्री ओलीले पदभार ग्रहणका क्रममा प्रतिवद्धता जनाउनुभएको थियो ।
सोही प्रद्धिवद्धता अनुरुप उहाँले आज जनस्वास्थ्य विज्ञ तथा सरोकारवालासँग छलफलका आधारमा आवश्यक कार्ययोजना र कार्यनीति तय गर्ने तयारी रहेको बुझिएको छ ।
कोभिड संक्रमितहरुको उपचारका लागि अस्पतालमा शैया तथा अक्सिजन सिलिण्डर नपाएको गुनासो बढ्दै गएपछि सरकारले त्यसमा केन्द्रित भएर काम गर्ने तयारी गरेको छ ।
कोभिड महामारी नियन्त्रणमा एउटै मिसन लिएर अघि बढ्ने योजनामा सरकारलाई केन्द्रित गर्ने मनस्थितीमा प्रधानमन्त्री रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस