प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएकाले तत्काल आम जनतालाई खोप लगाउने व्यवस्था गर्न मागसमेत गर्नु भएको छ ।
देउवाले तेस्रो लहरको संक्रमणबाट सुरक्षित राख्न आम जनतालाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको छ ।
खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गर्नु भएको छ ।
ज्ञापन पत्रमा अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
नाकाहरूमा पिसिआर साथै निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ ।
सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार सिंहदरबार पुग्नु भएको थियो ।
क्याटेगोरी : राजनीति


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस