Techie IT

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। यो सँगै उनको पद जोगिएको छ।

मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए ।

कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो। यस्तै जनता समाजवादी पार्टी(जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नलिने निर्णय गरेको थियो ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए। उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार, समाज

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस