Techie IT

सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने नेपाल समूहका सांसद बर्खास्त हुँदै


नेकपा एमालेले सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उनीहरुलाई पहिले पनि स्पष्टिकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए । उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेशसभालाई गराउने बताए ।

नेपाल समूहका १७ जना सांसदले पार्टीको निर्देशन विपरित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए ।


क्याटेगोरी : राजनीति

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस