Techie IT

मन्त्रालय बाँडफाँटबारे छलफल गर्दै गठबन्धन कार्यदल


सरकार सञ्चालनमा सहयोग गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा छलफल भइरहेको छ ।

सत्तारुढ गठबन्धनले सरकार संचालनमा सहयोग पुर्‍याउन भन्दै नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन गरेको थियो ।

कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् ।


क्याटेगोरी : राजनीति

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस