Techie IT

सांसदसहित नेकपा एमाले जुम्लाका ५८ पदाधिकारीले रोजे नेकपा एकीकृत समाजवादी


सा‌ंसदसहित नेकपा एमाले जुम्लाका ५८ जना पदाधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज भएको पत्रकार भेटघाटमा पदाधिकारीले समाजवादी पार्टी रोजेको घोषणा गरेका हुन ।

प्रदेश सभा सांसद पदमबहादुर रोकाया, अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहितका ६१ जना जिल्ला कमिटी मध्ये तीन जनाबाहेक अन्य सबैले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा प्रदेश सभा सांसद रोकायासहित नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ।

सांसद रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिस्कारले आफूहरु नेकपा एकीकृत समाजवादी यात्रामा लाग्न बाध्य भएको बताउनुभयो । पार्टीले जुम्लामा २३ गते भेला गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस