Techie IT

माधवजीले भित्रभित्रै एकलौटी रुपमा नयाँ पार्टी बनाउनु भएछः भीम रावल


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी एकताको वातावरण बन्दै गर्दा माधव नेपालले एकलौटी रुपमा नयाँ पार्टी दर्ता गरेको आरोप लगाएका छन् ।

अछामका एमाले नेता कार्यकर्तासँग काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘हामीले पार्टी अध्यक्ष ओलीसँग कुराकानी गरेर माधव जीसँग वार्ता गर्न तयार बनाएका थियौँ।

तर, माधवजीले भित्रभित्रै हस्ताक्षर संकलन गरेर नयाँ पार्टी बनाउनुभएछ, पार्टीभित्र आलोचना र विरोध हुन्छ । त्यसो हुँदैमा पार्टी फुटाउनुपर्ने अवस्था आउँदैन ।’

माधव नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाएर समेत ओली एकता जोगाउन तयार भएको रावलले बताए ।


क्याटेगोरी : राजनीति, हेडलाईन


प्रतिक्रिया दिनुहोस