राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधवारको लागि सङ्घीय संसदको बैठक आह्वान गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।
यसअघि बिहान बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते दिउँसो चार बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।
संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल भएको थियो ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस