Techie IT

अछाममा नेकपा ‘एस’ मा सनाखत गर्ने जनप्रतिनिधिको सङ्ख्या १२ पुग्यो


अछाममा नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतिनिधिको सङ्ख्या १२ पुगेको छ ।

शुक्रवार १ र आज आइतबार ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसंगै नेकपा एकीकृत समाजवादी पार्टी रोज्नेको सङ्ख्या १२ पुगेको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिनुभयो ।

आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ ।

नगर प्रमुख कुँवर र उपप्रमुख बुढथापा संगै मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा रहेको भन्दै सनाखत गराएको जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले रेडियो बान्नीगढीसंग बताउनुभयो ।

यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले पनि नेकपा एकीकृत समाजवादीमा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गर्नुभएको थियो ।


क्याटेगोरी : राजनीति, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस