सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बन्यो

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ। सुदूरपश्चिम प्रदेशका १३ जना एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेभन्दा ठूलो दल बनेको हो।
आइतबार थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले एकीकृत समाजवादी भन्दा सानो दल भएको हो। यस अघि १० जना प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।
अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन्।
यी हुन् नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने प्रदेश सांसद
-पूर्णा जोशी
-लालबहादुर खड्का
-चुनकुमारी चौधरी
-मना साउँद
-माया भट्ट
-बलबहादुर सोडारी
-अम्मर साउँद
-कुलबिर चौधरी
-सुशिला बूढाथोकी
-दुर्गा कामी
-तारालामा तामाङ
-दीर्घ सोडारी
-प्रकाश रावल
क्याटेगोरी : राजनीति, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस