एमाले संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।
बानेश्वरमा रहेको संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्नुहुनेछ ।
एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक प्रकृया अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । यसैबीच नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक दिउँसो बस्दैछ ।
आजदेखि सुरु हुने दुवै संसदको बैठकमा पार्टीको रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । एकीकृत समाजवादी दल पहिलोपटक संसदको बैठकमा सहभागी हुनेछ । संसद बैठक आज दिउँसो ४ बजे बस्दैछ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस