युवा नेता देवकोटाद्वारा काँग्रेस प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

युवा नेता चन्द्रप्रकाश देवकोटाले नेपाली कांग्रेस प्रदेश सभा ख को सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
नेता देवकोटाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज १ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आज विपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका संस्थापक तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रणेता महामानव वी.पी. कोइरालाको १०८ औँ जन्मजयन्तीको बिशेष अवसर पारेर नेपाली काङ्ग्रेस को १४औं महाधिवेशनमा अछाम क्षेत्र नम्बर १ को प्रदेश (ख) को सभापति पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
युवाहरुको प्रतिनिधिका रुपमा सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काङ्ग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए ।
समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधै सदैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस