एमालेको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख विपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक सुरु हुनासाथ अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ गरेलगत्तै एमाले सांसदहरूले बेल घेराउ गरेका हुन् । सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ ।
अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो ।
यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरू हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरूको भनाइ छ ।
प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालु बजेटको निकासा रोकिएको छ । प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ ।
संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस