एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले असोज ४, ५ र ६ गते काठमाडांैमा विधान महाधिवेशन गर्ने भएको छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस