एमसीसीविरुद्ध सडकमा उत्रिए नेत्रविक्रम चन्द, काठमाडौंमा शक्ति प्रदर्शन

अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै नेकपाले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनका सहभागिले ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’ जस्ता नारा लगाएका थिए । कार्यक्रमलाई महासचिव चन्दलगायतका नेताले सम्बोधन गरेका छन् ।
चन्द नेतृत्वको नेकपासहितका केहीले एमसीसीको विरोध गरिरहेका छन् भने सरकार संसदबाट उक्त सम्झौता पारित गराउने प्रयासमा छ ।
नेपालमा विरोध बढ्दै गइरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको नेतृत्वको टोली चार दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्केको छ । त्यसक्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी ओलीलगायत प्रमुख दलका नेताहरूसँग भेट गरेको थियो ।
सुमारले एमसीसीबारे जे निर्णय लिने हो लिन आग्रह गर्दै अब धेरै ढिलो नगर्न सुझाव दिनुभएको थियो । विकास परियोजनालाई राजनीतिभन्दा अलग राख्नुपर्ने पनि सुमारको भनाइ थियो ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस