एमसीसीको विरोधमा विप्लव नेतृत्व नेकपाको प्रदर्शन

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आज सोमवार काठमाण्डौमा प्रदर्शन गरेको छ ।
नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत गर्नुभयो ।
उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने यस सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गर्नुभयो । एमसीसीको विरुद्धमा काठमाण्डौको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ रु भनी प्रश्न पनि गर्नुभयो ।
महासचिव चन्दले भन्नुभयो, ‘हामी लड्छौँ । कुनै पनि हालतमा एमसीसी लागू हुन दिँदैनौँ । यो कुनै लुकाइ–छिपाइ कुरा छैन । आज पनि हामी भन्छौँ– एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ ।
नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन । एमसीसी आज एउटा बहस छ ।
लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरूको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सुरक्षा अमेरिकाले गर्नुपर्नेछ । यो कुरा उल्लेख छ, त्यहाँ । यो सम्झौता कसको हितमा गरिँदैछ रु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौता लागू गरिनेछ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस