विनियोजन विधेयकमाथि छलफल प्रस्ताव पारित, संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

एमालेकै अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारितु भएको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजी र विरोध गरेका थिए तर सभामुख अग्नि सापकोटाले विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव निर्णयार्थ पेस गर्नुभएको थियो ।
बहुमतको आधारमा विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पारित भएको हो । प्रस्ताव पारित गरेपछि संसद् बैठक असोज ४ गतेसम्मको लागि स्थगित भएको छ । सभामुखले एमाले फुटाउन भूमिका खेलेको र पक्षपातपूर्ण व्यवहार गरेको भन्दै लगातार संसद् अवरोध गर्दै आएको छ ।
एमालेकै विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गरेर नयाँ बजेट प्रस्तुत गरिसक्नुभएको छ । संसदको अवरोध हटाउन हिजो सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राख्नुभएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले असन्तुष्ट छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस