Techie IT

अपहरण तथा शरीर बन्धक बनाएको भन्दै वलीद्वारा पोखरेलसहित चार जनाविरुद्ध मुद्दा दायर


लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित चार जनाविरुद्ध प्रदेश सभासदस्य विमला कुमारी खत्री वलीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिनु भएको छ ।

गत श्रावण १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् ।

जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाही माग गरिएको छ ।

वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि भएको छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता २०७४ को व्यवस्था छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस