Techie IT

नेकपा समाजवादीको बैठक असोज ५ गते


नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आउँदो असोज ५ गते बस्ने भएको छ ।

नेकपा एमालेबाट छुट्टिएर गठन भएपछि पहिलो पटक पार्टीको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

बैठक हिजैका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस