एमालेले भन्यो– प्रतिपक्षीमाथि दोष थोपर्न बन्द गर, माग सम्बोधन गरेर प्रतिनिधि सभा चलाऊ

नेकपा एमालेले प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधि सभालाई सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुखको ध्यानाकर्षण गराएको छ । आज बुधवार पार्टीका महासचिव ईश्वर पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा प्रतिनिधि सभा सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराइएको छ ।
प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नभएको जस्तो गरी सरकारले भ्रम सिर्जना गरेको पनि विज्ञप्तिमा बताएको छ । यति बेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधि सभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यस बीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढङ्गले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद् अधिवेशन स्थगित गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस