अछाम क्षेत्र नम्बर २ मा मतगणना सुरु,१ को केहिबेरमा सुरु हुने

अछाम जिल्लाको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । भने क्षेत्र नम्बर १ को केहिबेरमा हुने गर्ने तयारी गरिएको छ ।
जिल्लाको क्षेत्र नम्बर २ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत ) मंगलसैनमा सुरु भएको हो ।
क्षेत्र नम्बर २ मा अहिले प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मत गणना भईरहेको बताईएको छ । अछाम क्षेत्र नम्बर २ मा ४१ हजार ८११ मत खसेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागी क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बोगटी,नेपाली काँग्रेसका पुष्प बहादुर शाह र स्वतन्त्र उम्मेद्वार चन्द्र प्रसाद ढुङ्गाना मैदानमा छन् ।
प्रदेश सभा सदस्य तर्फ प्रदेश सभा क मा नेकपा एमालेका भीम बिष्ट,नेकपा माओवादी केन्द्रमा अक्कल रावल,स्वतन्त्र उम्मेदवार नृप बिष्ट र प्रदेश सभा ख मा नेपाली काँग्रेसका मान बहादुर रावल, नेकपा एमालेका शिव प्रसाद उपाध्याय मैदानमा छन् ।
यता क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागी नेकपा एकीकृत समाजवादी शेर बहादुर, नेकपा एमालेका झपट बहादुर बोहरा ,स्वतन्त्र उम्मेद्वार राजन कुँवर,हिक्मत कुँवर र तेज प्रसाद उपाध्याय चुनावी मैदानमा रहेका छन् ।
प्रदेश सभा सदस्य तर्फ क मा नेपाली काँग्रेसका मेघराज खड्का,नेकपा एमालेका देव बहादुर कुँवर, ख मा नेकपा एमालेका कृष्ण प्रसाद जैसी र नेकपा माओवादीका झपट साउँद मैदानमा छन् ।
क्षेत्र नम्बर १ मा पनि सबै भन्दा पहिले प्रतिनिधि सभा सदस्यको मत गणना गर्ने तयारी भईरहेको छ ।
साँफेबगर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मत गणनाका तयारी भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अछाम क्षेत्र नम्बर १ मा ४१ हजार ६ सय ४३ मत खसेको छ ।
क्याटेगोरी : राजनीति, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस