संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड

संसदीय दलको नेता चयनसँगै दलहरु नयाँ सरकार गठनको छलफलमा फेरि जुटेका छन् ।
धेरैजसो दलमा संसदीय दलका नेता सर्वसम्मत भएका छन् भने नेपाली कांग्रेसमा चुनावमार्फत् चयन गरिएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज दलका नेतामा चुन्दै छ ।
माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ । प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।
दलका नेताको टुङ्गो लागि सकेकाले प्रधानमन्त्री र राष्ट्रपति पदका लागि दलहरुको दौडधुप बढेको छ । तर सत्ता गठबन्धन भित्रै शक्ति बाँडफाँटमा रस्साकस्सी देखिएको छ ।
सबैभन्दा ठूलो दल बनेको कांग्रेसले यी दुई पद आफैँसँग राख्ने तयारी गरेको छ । तर, माओवादीको पनि दाबी छ । यसले गर्दा कुरा मिल्न सकेको छैन ।
माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने जनाएको छ । पर्ख र हेरको नीति अपनाएको एमालेले भने सत्ता गठबन्धन नभत्किएसम्म कसैसँग सहकार्य नगर्ने अडान लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आउँदो आइतवार १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस