दार्चुलाका वृद्ध दम्पत्ति हत्या गर्ने दोषी अझै पत्ता लागेन

दार्चुलाको महाकालीनगरपालीका ३ जाखगाउँमा जेठ ११ गते वृद्ध दम्पतीको बिभत्स तरिकाले हत्या भएको एक हप्ता बढी समय बितेपनि घटनामा प्रहरी अनुसन्धानले नतिजामुखी परिणाम देखाउन सकेको छैन् ।
दार्चुलामा पहिलोपटक धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धानमा प्रयोग गर्दा समेत घट्नाको ठोस जानकारी पत्ता लगाउँन सकिएको छैन् । उक्त घटनाको विभिन्न कोणबाट अध्ययन गर्ने काम भइरहेको दार्चुलाका जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीको भनाइ छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमसिंह खड्काको नेतृत्वमा नौ जना प्रहरीको टोली परिचालन गरिएको डिएसपी शाहीले जानकारी दिए ।

अहिलेसम्म घट्नाका शंकास्पद व्यक्तिहरूलाइ सोधपुछ गर्ने र उनिहरुको टेलिफोन नम्बर लिएर कल रेकर्ड जाच्ने लगायतको काम भएको उनले बताए । घटनास्थलमा चिर्पटबाहेक कुनै पनि शंकास्पद वस्तु फेला नपरेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरी अधिकारीहरुको भनाइ छ । एका बिहानै घट्नाबारे जानकारी भएपछि वृद्धा द्रौपती महराको घटनास्थलमै मृत्यु भइसकेको थियो भने दार्चुला जिल्ला अस्पतालमा पु¥याएपछि बृद्ध वीरमान महराले पनि प्राण त्याग गरे । कुटपिटमा परी घाइते भएका वृद्ध दम्पतीका नाती लोकेश महराको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घट्नाका गम्भीर घाइते लोकेश महरा आत्तिएको अवस्थामा रहेको र अस्पतालमा अपचार भइरहेकोले धेरै बताउन सक्ने अवस्थामा नरहेको परिवारका सदस्यले जनाएका छन् । गम्भीर घाइते महराका अनुसार एक जना ब्याक्तिले मात्रै चिर्पटले हिर्काएर हत्या गरेको बताएपनि प्रहरीले एक जनाभन्दा बढी मानिसको घट्नामा संलग्नता हुनसक्ने आशंका गरेको छ । जेठ ११ गते राति करिब १० बजेतिर बांगाबगडबाट तीनजना युवा काँटैतिर लागेको बांगाबगडका स्थानीयले बताएको र घटनास्थलबाट प्रहरीले तीन गिलास र मदिराको एक खाली बोतलसमेत बरामद गरेकोले घट्नामा कम्तीमा तीन जनाको संलग्नता रहेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker