दुई बर्ष सम्म मदिराको कारोबार गरेका ब्यापारीले लाइसेन्स फिर्ता गरे

स्थानीय तहहरूले मदिरा निषेध अभियान जारी राखेका वेला बैतडी मेलौली नगरपालिकाका एक व्यपारीले मदिरा पसलको अनुमति पत्र लाइसेन्स फिर्ता गरेका छन्। मदिरा बिक्रीवितरण समाजका लागि घातक भएको भन्दै व्यापारी शरद नेगीले मेलौली नगरपालिका १ कार्यालयमा लाइसेन्स बुझाएका हुन्। वडालाई मदिरा निषेधित वडा घोषणा गर्ने अभियान सञ्चालन भइरहेकाले उक्त अभियानमा सहयोग गर्नका लागि मदिरा बिक्री बन्द गरेको उनले बताए।
२०७३ सालबाट मदिराको कारोबार गर्दै आएका नेगीले परिवर्तन पर्खेर नआउने भन्दै परिवर्तनका लागि आजै आफैँबाट सुरु गर्नुपर्छ भन्ने उद्देश्यले लाइसेन्स फिर्ता गरेको दाबी गरे। मदिराको कारोबारले महिला तथा बालबालिकाहरुमाथि हिंसा बढेको भन्दै मेलौली नगरपालिका वडा नं १ ले मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेको वडा अध्यक्ष सुरतसिंह नेगीले बताउनुभयो। यसरी नै सबै व्यवसायीहरुले नगर भित्र मदिराको कारोबार बन्द गर्न सहयोग गरे चाँडै आफ्नो पालिकालाई मदिरामुक्त नगर बनाउन सकिने धारण नगरप्रमुख कृष्णसिंह नायकले राखे।
सामाजिक अपराधलाई जन्म दिने गर्ने मदिरा पसल बन्द गरी हिंसामुक्त समाज निर्माणमा सहयोग गरेको भन्दै व्यवसायी नेगीलाई मेलौली नगरपालिकाले सम्मान गरेको थियो।thahakhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस