मुख्यमन्त्रीका स्वकीय सचिवको वडामा मात्रै ६ करोड का २५वटा योजना कार्यान्वयन

मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले प्रदेश सरकारलाई दवावमा पारेर चालु आर्थिक वर्ष २०७५÷०७६ मा आफ्नो गाँउपालिकामा झण्डै १२ करोड रुपैया बराबरका योजना पारेका छन् ।
यो रकम प्रदेश सरकारका तर्फबाट चार वटा गाउँपालिका र दुई निर्वाचन क्षेत्रमा विनियोजन गरिएको बजेट भन्दा बढी हो । जोरायल गाउँपालिकाको विकास बजेटभन्दा यो रकम झण्डै दुई गुणा बढी हो । अझ रोचक कुरा त के भने स्वकीय सचिव ओलीको वडामा मात्र ६ करोड ३ लाखका योजना कार्यान्वयन भइरहेका छन् ।
यो रकम जोरायल गाउँपालिकाका अन्य पाँच वटा वडामा विनियोजन गरिएको रकम भन्दा बढी हो । स्वकीय सचिव ओलीको वडामा विनियोजन गरिएको रकममा पनि झण्डै ६० प्रतिशत रकम उनकै गाउँ केन्द्रित छ । पश्चिम टुडेलाई प्राप्त सुचना अनुसार वडा नम्बर १ मा २ करोड ४३ लाख ५७ हजार रुपैयाका ८ वटा योजना कार्यान्वयन भइरहेका छन् ।
नेपाली काँग्रेसले जितको अन्य दुई वडामा बजेट अत्यन्त न्यून हँुदा वडा नम्बर १ मा भने दोस्रो बढी बजेट छ । ओलीको २ नम्बर वडामा मा ६ करोड ३ लाखका २५वटा योजना कार्यान्वयन भइरहेका छन् । वडा नम्बर ३ मा ७५ लाख रुपैयाँका चार वटा योजना छन् । यो काँग्रेसले जितेको वडा हो ।paschimtoday

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker