भीषण हावाहुरीको कारण सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध
रेडियो, विभिन्न कार्यालय, व्यापारी लगायतलाई बढी समस्या

लगातारको हावाहुरीको लगातारको हावाहरीको कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बिद्युत अबरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका नागरिक समस्यामा परेका छन् । बिद्युत अबरुद्ध हुँदा विशेष गरी यस क्षेत्रका रेडियो, विभिन्न कार्यालय, व्यापारी लगायतलाई बढी समस्या परेको छ ।
विधुत अनियमित हुँदा डडेल्धुरा सदरमुका लगायत अछामका संचालित रेडियोको प्रशारण रोकिएको छ। बिहीबार साँझ आएको भीषण हावाहुरीको कारण कैलालीको गोदावरीलगायतका क्षेत्रमा रुख तथा पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको डडेल्धुरा बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ । सो ठाँउमा आएको खराबीका कारण पहाडी जिल्लामा वितरण गरिएका सबै प्रसारण लाइन बन्द भएको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका फोरमेन रोहित बोहराले जानकारी दिए । कति ठाँउमा रुख ढेलेको भन्ने एकिन नहुँदा विद्युत कति बेलासम्म आउने भन्ने निश्चित नभएको उनले बताए ।sudurkhabar