Techie IT

बैतडीमा चट्याङ लागेर दुईजना घाइते


चट्याङ लागेर बैतडीमा २ जना घाईते भएका छन् । दशरथचन्द नगरपालिका ५ सिमाइलका ३५ वर्षीया पुष्पा कोली र २० वर्षीया राधिका महर घाईते भएकका छन् । बिहीवार साँझ वर्षा र हावाहुरीसंगै परेको चट्याङले घरमै बसीरहेका उनीहरु घाइते भएका हुन् । घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लामा अन्य केही क्षती भएको खबर भए नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बिहीवार साँझ बैतडी सहित सुदूरपश्चिममा हावाहुरी, असिनासंगै बर्षा भएको थियो ।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस