यार्सागुम्बा संकलन गर्न गएका ब्याक्तीको भीरबाट लडेर मृत्यु

यार्सागुम्बा संकलन गर्न गएका ब्याक्तीको भीरबाट लडेर मृत्यु भएको छ। बझाङको बुङ्गल नगपालिका–२ बुँरोसे लेकमा यार्सा टिप्ने भीरबाट खस्दा छबिस पाथीभेरा गाउँपालिका–७ बुडखोरीका करिब ४० वर्षीय कटक धामीको मृत्यु भएको हो। बिहीबार भीरबाट खसेका धामीको शुक्रबार मात्र शव फेला परेको थियो।
यही वर्ष मात्र यार्सागुम्बा टिप्ने क्रममा भीरबाट खस्दा बुडखोरीका २ जनाको ज्यान गएको छ। गएको बैशाखमा हिउँबाट चिप्लिएर बुडखोरीकै चन्द्रा धामीको ज्यान गएको थियो। dineshkhabar