माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट

अछामको तुर्माखाँद गाउँपालिका असारा घाँटस्थित माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । शुक्रबार राति स्थानीय दीपक बिसीको घरको तल्लो तलामा रहेको कार्यालयमा बम विस्फोट हुँदा घरमा सामान्य क्षति पुगेको छ । बम विस्फोटबाट घरको शौचालयमा पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
सोही समूहले आयोजनाको एउटा मोटरसाइकलसमेत जलाएको छ । भे७प ९६९८ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । विस्फोटमा संलग्नहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । घटनास्थलदेखि तीन किमि पूर्व कर्णाली नदी पारी दैलेखको आठबिस नगरपालिका–१, डावमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालय रहेको छ ।
क्याटेगोरी : प्रदेश, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस