बर्षाद सुरु भइसक्दा पनि बाजुरामा सडक अस्तब्यस्त

अस्पताल जाने आउने बिरामीलाई सास्ती

रमित बि.क
बाजुरा सदरमुकाम मार्तडीको रिङ्गरोड समयमै नबन्दा अस्पतालमा आउने, जाने बिरामीलाई समस्या भएको छ । बीच बजारमा निर्माणाधिन रहेको रिङ्गरोड समयमै निर्माण हुन नसक्दा समस्या भएको हो ।

बर्षाद सुरु भइसक्दा पनि ठेकेदारले काम नगरेको र सडकका खाल्डामा पानी जमेर हिलाम्मे भएका कारण बजारदेखि अस्पताल जाने,आउने बिरामीलाई थप समस्या भएको छ । सदरमुकाम मार्तडीको बीच बजारमा रहेका तीन वटा सडक अस्त ब्यस्त अवस्थामा रहेका छन् । बीच बजारमा रहेको ३ सय ५४ मिटर सडक र तुफान डाँडादेखि त्रिबेणी चोकसम्मको करिब ५ सय मिटर सडक अस्तब्यस्त बन्दै गएको छ ।

माथिल्लो बजारमा रहेको सडकको बीच बजारमा हटाउनुपर्ने घर, बिजुलीको पोल नहटाउँदा बीच बजारमा सडक निर्माण अस्तब्यस्त बन्दा आफुलाई उपचारमा जान आउन समस्या भएको स्थानिय ८० बर्षिया बृद्ध पञ्चा नेपालीले बताउनुभयो । बडिमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन बन कार्यालयदेखि जिल्ला अस्पताल सम्म १ सय ७० मिटर सडक र गौडाडिलदेखि खुलामञ्च सम्मको १ सय ८४ मिटर सडक ठेकेदार कम्पनीले काम नगर्दा हिलाम्मे र अस्तब्यस्त बनेको छ ।

सडक निर्माण कार्य भएको महिनौ बितिसक्दा पनि निर्माणको जिम्मा लिएका कम्पनीले समयमै सडक निर्माण नगर्दा सो क्षेत्र जाने बाटो हिलाम्मे छ । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, बृद्धबृद्धा, अपाङ्ग भएका ब्यतिmले सास्ती भोनु परेको छ । सडक निर्माण कार्य अधुरै छोडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटल व्यवसायीले समेत हैरानी खेप्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker