Techie IT

बाजुराको बुढीनन्दा नगर कार्यालयमा चार दिनदेखि तालाबन्दी


बाजुराको बुढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ ।

नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्ने बारे गरेको विवादित निर्णय खारेज गर्न माग सहित स्थानीयले कार्यालयमा जेष्ठ २२ गतेदेखि ताला बन्दी गरेका हुन् ।

नगरपालिका ५ र ७ का स्थानीयले जनजीवनको स्वास्थ्य बारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ्ग साईड निर्माण गरिएको निर्णय खारेजीको माग सहित कार्यालय बन्द गरिएको भरत बिकले बताउनुभयो ।

कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने गरिरहेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नम्बरको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरुको भनाई रहेको छ ।

कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापन पत्र देखि अन्य छलफल गरिदा पनि बेवास्ता गरिएको र आफू अनुकुल ठेक्का दिएर जबरजस्त नगर प्रमुखले डम्पिङ्ग साईड निर्माण गरिएको स्थानीयको भनाई छ ।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस