Techie IT

बझाङमा ६५ बर्षिया बृद्धको रुख बाट लडेर मृत्यु


जयपृथ्वी नगरपालीका वडा नम्बर एक कैलासमा एक जनाको पाला काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालीका वडा नम्बर १ का ६५ बर्षिया जोग बहादुर सिहँ आईतबार विहान गाँउ नजीकैको जंगल चौड्यान दागाड्या खोलामा पशु चौपायाका लागी पाल काट्न गएका थिए ।

आईतबार विहान पाल काट्न गएका सिहँ साँझ सम्म समेत घर नफर्कीए पछि सोमबार विहान खोजी गर्दै जाँदा सिहँ मृत अवस्थामा फेला पारेको स्थानीय सत्यराज सिहँले बताए ।

पाल काट्ने क्रममा रुख नै ढलेर सिहँको टाउकोमा लागेर घटना स्थलामा नै उनको मृत्यु भएको उहाँको भनाई छ । मृतक सिहँका ३ छोरा र श्रीमती छन् । उनको सोमबार विहान दाहसंस्कार गरिएको छ ।


क्याटेगोरी : प्रदेश, मुख्य समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस