Techie IT

कैलाली र कञ्चनपुरका हावाहुरी पीडितका लागि सरकारको राहात घोषणामै सीमित


कैलाली(कञ्चनपुरका हावाहुरी पीडितका लागि स्थानीय र प्रदेश सरकारले घोषणा गरेको राहात घोषणामै सीमित भएको छ। हावाहुरीको एक हप्ता बितेपनि सुदूरपश्चिम प्रदेश सरकार र कैलाली कञ्चनपुरका स्थानीय तहले पीडितलाई दिने भनिएको राहात घोषणामै सीमित भएको हो। राहातका नाममा त्रिपाल समेत नपाएको गुनासोका बिच हावाहुरी पीडितले खुला आकाश मुनी दैनिक कष्टकर रुपमा बिताईरहेका छन्। हावाहुरीले घरको छानो उडाएपछि विस्थापीत भएकाहरु सरकारले घोषणा गरेको राहातको पर्खाइमा बसे पनि घोषित राहात वितरणमा भने ढिलाई भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको जेठ २६ मा बसेको मन्त्रीपरिषद् बैठकले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप एक लाख ५० हजार, पूर्ण रुपमा घर क्षती भएकालाई २० हजार र आशिंक क्षतीको हकमा १० हजार राहात दिने तथा घाईतेहरुको उपचारमा सहयोग गर्ने निर्णय गरेको थियो। तर निर्णय गरेको चार दिन बितिसक्दा समेत आवश्यक प्रक्रिया अगाडी बढेको छैन्।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुसंग क्षतीको विवरण माग गरेको जनाएको छ। मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले विवरण प्राप्त नभएकाले राहात वितरणको प्रक्रिया सुरु गर्न नसकिएको बताए। उनले विवरण प्राप्त भएपछि हावाहुरी पीडितलाई राहात वितरण गरिने जानकारी दिए। यस्तै स्थानीय सरकारले पनि हावाहुरी पीडितलाई राहात दिने घोषणा गरेपनि वितरण गरिएको छैन्। आर्थिक अभावमा जस्ता पाता खरिद गर्ने हैसियत पनि नभएका अधिकांश पीडितहरु खुला आकाशमुनी बसेका छन्।


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस