सरकारी गाडी लिएर जनप्रतिनिधिनै मदिरामा लठ्ठ भएपछि

सार्वजनिक बिदाका दिन जनप्रतिनिधि सेकुवा सेन्टरमा मदिरामा मस्ती गरिरहेका पाइएको छ । बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायत गौरीफन्टा नाका नजिकै रहेको डोके बजार क्षेत्रको सेकुवा सेन्टरमा सार्वजनिक गाडिमा पुगेर मदिरा खाइरहेको अवस्थामा भेटिएका हुन् ।

गाउँपालिका अध्यक्ष सहित ५ जनाको टोली सेकुवा सेन्टरमा दिउँसै टिल थिए । तपाईहरु यहाँ के गर्न आउनु भएको सोध्दा ती जनप्रतिनिधिले नास्ता खान डोके बजार पुगेको बताए । सार्वजनिक बिदाको दिन बझाङबाट बा २ झ ४२२७ नम्बरको सरकारी गाडिमा धनगढी पुगेर दिउँसै मदिरा पिइरहेको थिए ।

आइतबार सुदूरपश्चिम प्रदेशको बजेट भाषण सुन्न धनगढी पुगेका गाउँपालिका अध्यक्ष सहितको टोलि दिउँसै मदिरामा लठठ् थिए । शनिबारको दिन सरकारी गाडि कसरी सेकुवा सेन्टरमा पुगे भन्ने कुरोको सोधि खोजि गर्दा सेकुवा सेन्टरमा मदिरामा लठठ् थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker