डडेल्धुरामा ट्क्याटर दुर्घटना : शिक्षकको मृत्यु

डडेल्धुरामा ट्क्याटर दुर्घटना हुँदा एक जना शिक्षकको ज्यान गएको छ । आलिताल गाउँपालिकाको कुर्जेनिया भन्ने ठाँउमा शनिबार राति ट्याक्टर दुर्घटना समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनिको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी गाउँ जाँदै गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटना हुँदा कलौनिको ज्यान गएको आलिताल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बीरबहादुर धामीले जानकारी दिनुभयो । दुर्घटनामा यही ठाउँका पदम राना सामान्य घाइते हुनुभएको छ । ट्याक्टटर चालक धनजीत धामी भने फरार रहेको र उनको खोजी भैरहेको प्रहरी सहायक निरीक्षक धामीले जानकारी दिनुभयो ।उज्याले