डडेल्धुरामा सुत्केरीको मृत्यु प्रकरणले उग्र रुप लियो

डडेल्धुरा अस्पतालका सबै चिकित्सक काठमाण्डौमा

शुक्रबार डडेल्धुरा अस्पतालमा अमरगढी नगरपालिका–६ छचोडा गाउँकी २६ वर्षीया गीता ताम्राकारको ज्यान गएपछि उत्पन्न तनाबमा सरकारी चिकित्सक संघ ९गोदान० ले अस्पतालमा कार्यरत सबै चिकित्सकलाई काठमाण्डौ बोलाएको छ ।

संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म यहाँ कार्यरत चिकित्सकलाई आत्मरक्षाका लागि केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेका हुन् । साथै, संघले यसबाट सिर्जित सम्पूर्ण परिस्थितिको जिम्मेवार स्थानीय निकाय, प्रशासन र स्वास्थ्य मन्त्रालयको हुने भन्दै घटनापछि उत्पन्न परिस्थितिमा स्थानीय निकाय र प्रशासनको रबैयामाथि पनि प्रश्न उठाएको छ ।

‘चरम मानसिक तनाव र असुरक्षाकाबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहनु परेको र यस्तो अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव छ ।’ अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker