Techie IT

वडा अध्यक्षद्वारा मन्त्रीलाई धम्की


धनगढी उप–महानगरपालिकाका एक जना वडा अध्यक्षले प्रदेशका मन्त्री र मन्त्रालयमा कार्यरत स्वकिय सचिवालयका कर्मचारीलाई धम्की दिएका छन्।

उप–महानगरपालिकाको वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐरले सामाजिक सञ्जाल फेसवुक मार्फत नै मन्त्री र मन्त्रालयका स्वकिय सचिवालयका कर्मचारीलाई धम्की दिएका हुन्।

उनले प्रदेशका मन्त्री र स्वकिय सचिवालयका कर्मचारीमाथि केहि दिनमा कुटपिट हुने भन्दै धम्की दिएका हुन्। प्रदेश ७ मा सरकार नेकपाको छ भने वडा अध्यक्ष ऐर पनि नेकपाकै स्थानीय नेता हुन्।

यसअघि राजधानी गोदावरीको जंगलमा तोकिएपछि धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले पनि प्रदेशका सासंदहरुलाई धनगढी छोड्न धम्की दिएका थिए। त्यस्का विरुद्ध प्रदेशका सासंदले मेयर वड विरुद्ध उजुरी हालेका छन्।dineshkhabar


क्याटेगोरी : प्रदेश, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!