सेती नदीमा बेपत्ता भएका युवाको शव २६ दिनपछि भेटियो

डोटीमा गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघ डोटीका नेता पुष्कर सिंहको शव २६ दिनपछि शुक्रबार बिहान फेला परेको छ ।
डोटीको आदर्श गाँउपालिका(५ स्थायी घर भएका नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । ४५ वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपा डोटीका नेता कार्यकर्ता तथा स्थानीयवासी खोजी कार्यमा लागेका थिए । शुक्रबार बिहान शिखर नगरपालिका(१ कालागाढनजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सालमुनि मन्दिर नजिक शव बगिरहेको देखेपछि हामीलाई खबर गरे, हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ । मृतक सिंहका घरपरिवारलाई खबर गर्दैछौँ ।
शव फेला परेको स्थानमा डोटी प्रहरी, नेकपाका नेता तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको छ ।
त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका(४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिले सम्म शव फेला परेको छैन ।ujyaaloonline
क्याटेगोरी : प्रदेश, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस