पानी ट्याङ्कीमा डुवेर अछामका बालकको ज्यान गयो

भारतमा पानीको ट्याङ्कीमा डुवेर एक नेपाली बालकको ज्यान गएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालीका वडा नम्वर ९ कालेकाँडाका भिम बः शाहीका ८ बर्षिय छोरा मिन शाहीको भारत गुजरात मा विहिबार बेलुकी पानीको ट्याङ्कीमा खसेर मृत्यु भएको हो ।
कोठामा कोही नभएकाबेला उनको खेल्ने क्रममा पानीको टाँकीमा खसेर ज्यान गएको गुजरात वाट भरत नेपालीले जानकारी दिनु भयो ।