काठमाडौंबाट बझाङ आउदै गरेको बस बर्दियामा दुर्घटना,यस्तो छ अवस्था

काठमाडौंबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको साइपाल डिलक्स बस बर्दियाको रम्भापुर नजिक आज बिहान दुर्घटनामा परेको छ ।
दुर्घटनामा ३० जना बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको ना६ख १३३९ नम्बरको बस बर्दियाको रम्भापुरमा आज बिहान ४ बजे दुर्घटना भएको सोही बसमा रहेका बझाङका राज बुढाले बताए ।
बुढाका अनुसार बस चालक सिकारु भएकाले दुर्घटना भएको हो । घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको हो ।
काठमाडौंबाट बिहान ११ः ३० बजे हिँडेको बस करिब भोलिपल्ट बेलुकी ४ बजे बझाङको सिमखेत बसपार्क पुग्ने गर्दछ ।
यसअघि पनि सोही बस नवलपरासीमा दुर्घटनामा परेको थियो । २०७३ साल जेठ ३ गते सोमबार उक्त बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठोक्किदा २० यात्रु घाइते भएका थिए ।
क्याटेगोरी : प्रदेश, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस