कर्णाली नदीमा डुवेर एक जना वेपत्ता

कर्णाली नदीमा डुवेर कैलालीका एक जना वेपत्ता भएका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ बस्ने ४५ बर्षीय पदम विसी नुहाउने क्रममा बगेर वेपत्ता भएका हुन्।

सुर्खेतको बाबियाचौरबाट घर फर्किने क्रममा कैलालीको मोहन्याल गाउँपालिका वडा नम्वर ७ कचाली स्थित कर्णाली नदीमा नुहाउँदा उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय सुगरखालबाट प्रहरी नायव निरिक्षक भोज सिंहको नेतृत्वमा खोजी कार्य भईरहेको उनले बताए।dineshkhabar

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker