कागजी उपभोक्ता समिति बनाई ठेक्का मार्फत योजना कार्यान्वयन

कैलालीको क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सांसद गौरीशंकर चौधरीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत घोडाघोडी नगरपालिका वडा नम्बर ५ मा ३८ लाख ६० हजारको सडक ग्राभेलको योजना परेको छ।
डोके बजार देखि शितलपुर हुदै तेङना नदी सम्मको सडक ग्राभेलको उक्त योजना कार्यान्वयनका लागि स्थानीय जनक विष्टको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो। तर उक्त सडक ग्राभेलको काम भने उपभोक्ता समितिबाट नभएर निर्माण व्यवसायीबाट गरिएको छ।
स्रोतका अनुसार ३८ लाख ६० हजारको सो योजनामा स्थानीय प्रेम चौधरीको निर्माण कम्पनीसंग अघोषित रुपमा २२ लाखको सम्झौता गरी काम भएको छ भने बचत भएको साढे १६ लाख बजेट भने उपभोक्ता समितिका पदाधिकारी, सांसद र कार्यकर्ताको खल्तीमा परेको आरोप लागेको छ।
डोके बजार देखि शितलपुर हुदै तेङना नदी सडक ग्राभेल योजना कार्यान्वयनका लागि गठन गरिएको उपभोक्ता समितिले पनि चौधरीको निर्माण कम्पनी मार्फत काम गराएको कुरा स्वीकार गरेको छ। उपभोक्ता समितिका अध्यक्ष जनक विष्टले उपभोक्ता संग पर्याप्त निर्माण समाग्री नभएका कारण निर्माण व्यवसायी मार्फत सडक ग्राभेल गरिएको बताए।
घोडाघोडी नगरपालिकामै प्रदेशका सांसद अमर साउँदको प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तरगत जकनपुरदेखि सीमली खोला सम्मको सडक ग्राभेलको योजनामा ३७ लाख बजेट छुट्याईएको छ।
स्थानीय कृष्ण जोशीको अध्यक्षतमा उपभोक्ता समिति गठन गर्दै योजना कार्यान्वयन गर्ने भनिएपनि सो योजना पनि घटाघटमा अघोषित रुपमा निर्माण व्यवसायी मार्फत नै कार्यान्वयन भइरहेको छ। तर प्रदेश सांसद अमर साउँदले भने आफूहरुलाई समितिले निर्माण व्यवसायी मार्फत योजना कार्यान्वयन गरिरहेको विषयमा जानकारी नभएको दावी गरे। सार्वजनिक खरिद ऐन अनुसार एक करोड सम्मका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गराउन सक्ने भएपनि कैलालीमा भने सांसदहरुले त्यसको गलत फाईदा उठाइरहेका छन्।dineshkhabar
क्याटेगोरी : प्रदेश, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस