आफ्नै घरमा आगो लगाएर श्रीमतीको हत्या
दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ ।
गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।
घरमा उनका बुबा, आमा र ३ जना छोराछोरी पनि बस्थे । उनीहरु भने सकुशल छन् । ‘घटनामा कसरी विन्द्राको मात्रै मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको दार्चुलाका प्रहरी अधिकृतले वताउनु भयो।
प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्रेको छ । परिवारका अन्य सदस्यसँग पनि सोधपुछ भइरहेको प्रहरीले बताएको छ ।onlinekhabar