बझाङमा हाइस दुर्घटना, ४ जनाको चिन्ताजनक अवस्था

धनगढीबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको हाइस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटनामा परेको छ । सुर्मा साइपाल यातायात प्रालिकोे से१ख १९५४ हाइसले ट्रकलाई साइड दिने क्रममा हाइस दुर्घटनामा परेको स्थानीय भानुभक्त रावलले बताए ।
दुर्घटनामा दुई बालबालिका र दुई वयस्क गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइतेको बाँझ स्वास्थ्य केन्द्र बाग्थलामा उपचार हुन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्र देउलेख रेफर गरिएको छ । गम्भीर घाइते हुनेमा भक्त दमाई, मन्सरा दमाई, शिशिर दमाई र अमृता दमाई छन् ।