Techie IT

क्याम्पस र विद्यालय पनि खुल्न सकेनन :विप्लव बन्दको सुदूरपश्चिममा विहानैदेखि प्रभाव


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा विहानैदेखि देखिएको छ। बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित भएको हो।

बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको प्रहरीले जनाएको छ। यस्तै बिहान सञ्चालन हुने अधिकांश क्याम्पस र विद्यालय पनि खुल्न सकेका छैनन् भने बजार पनि खुलेको छैन्।

गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल्को मृत्यु भएपछि त्यसको विरोधमा नेकपाले बन्द घोषणा गरेको थियो।dineshkhabar


क्याटेगोरी : प्रदेश, राजनीति, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस