कैलालीमा करोड बढिका योजना पनि उपभोक्ता समितिलाई

कैलालीमा एक करोड भन्दा बढि बजेट विनीयोजन भएका योजना समेत उपभोक्ता समिति मार्फत कार्यान्वयन भइरहेको पाईएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिकामा झण्डै डेढ करोडमा निर्माण भइरहेको नगर उद्यान, उपभोक्ता समिति मार्फत कार्यन्वयन गरिरहेको छ। सार्वजनिक खरिद ऐनले निर्माणसंग सम्बन्धीत एक करोड भन्दा बढिका जुनसुकै योजना पनि उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्न नपाउने व्यवस्था गरेको छ।
तर नगरपालिकाले भने करोड बढिका योजना उपभोक्ता समिति मार्फत कार्यन्वयन गर्न नयाँ जुक्ती ल्याएको छ। न्गरपालिकाले एउटै योजनामा दुई वटा उपभोक्ता समिति गठन गरी करोड बढिको योजना कार्यन्वयन गरिरहेको हो।dineshkhabar